दफा ५क
अनुसन्धानको सिलसिलामा आवश्यक अधिकारको प्रयोग गर्न सक्ने
(१) नेपाल सरकारले आवश्यक ठानेका विषयमा राष्ट्रिय अनुसन्धान विभागलाई अनुसन्धान गर्न लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान गर्ने सिलसिलामाअनुसन्धान गर्ने अधिकृतले प्रहरी ऐन, २०१२ बमोजिम प्रहरीलाई भएको अधिकार प्रयोग गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम राष्ट्रिय अनुसन्धान विभागले गरेको अनुसन्धानबाट कुनै अनियमितता भएको देखिन आएमा नेपाल सरकारले सम्बन्धित व्यक्ति उपर प्रचलित कानुनबमोजिम मुद्दा चलाउनेछ ।